जनमत पार्टीले माग्यो उपप्रधानसहित दुई मन्त्रालय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सीके राउत नेतृत्वको जनमत पार्टीले अब सरकारमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय चाहिने माग गरेको छ ।

सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले यस्तो सहमति भइसकेको जिकिर गरे । तर, उनले भनेजस्तो सहमतिको पुष्टि हुन सकेको छैन ।

नयाँ आठदलीय गठबन्धनमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय आफूहरूले पाउने सहमति भइसकेको उनको भनाइ छ ।

बिहीबार काठमाडौंमा आठदलीय गठबन्धनका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array