काठमाडौँ – राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी छन्।
आज संसदीय पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्।
नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको उनको भनाइ थियो।
‘उहाँले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो । हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ। म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने राम्रो गर्दैन,’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस्