पेट्रोलियम पदार्थको मूल्य घट्यो: एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको हो ।

- Advertisement -
Ad image
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ ।

नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्