वरिष्ठ सैनिक अधिकृतहरु हिरासतमा, विद्रोहको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली सेनाभित्र ‘प्रतिशोध’को संस्कृति फस्टाइरहेको अनुमान भइरहँदा तीन वरिष्ठ अधिकृतहरुबिरुद्ध ‘कोर्टमार्सल’ सुरु भएको छ।

मेजर जनरल प्रेम शाही विगत एक महिनादेखि एकल हिरासतमा रही ‘कोर्टमार्सल’ प्रक्रिया सामना गरिरहेका छन् भने दुई दिनअघि कर्णेल महेन्द्रजंग शाही र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई विद्रोहको षड्यन्त्रको आरोपमा हिरासतमा राखिएको छ। उनीहरुलाई सैन्य प्रहरीद्वारा गिरफ्तार गरेपछि कहाँ राखिएको छ, त्यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन।

- Advertisement -
Ad imageAd image

तीनैजना अधिकृतहरु पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट मानिन्छन्। मेजर जनरल शाहीले थापाका सैन्य सचिवका रुपमा पनि जिम्मेवारी सम्हालेका थिए।

थापा निकट अर्का मेजर जनरल अनन्तबहादुर कार्कीलाई नियमित पदावधि थप नगरी सेवानिवृत्त गराइएको थियो। सेनाका एक वरिष्ठ अधिकृतका अनुसार अन्य दुई अधिकृतहरुलाई पनि महत्त्वपूर्ण स्थानबाट हटाई अस्थायी पोस्टिङ दिइएको छ।

वर्तमान सैनिक नेतृत्व निकटका व्यक्तिहरुबाट प्रतिशोधको राजनीति सुरु भएको आरोप लगाउँदै कोर्टमार्सलको जिम्मा विवादास्पद व्यक्तिहरुलाई दिइएको आरोप पनि लगाइएको छ।

मेजर जनरल शाहीलाई सेवानिवृत्तको पत्र बुझेपछि हिरासतमा लिई कोर्टमार्सल प्रक्रिया सुरु गरिएको स्रोतले बतायो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्