प्रदेश १ को नाम कोसी राख्न प्रस्ताव दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

विराटनगर – प्रदेश नम्बर–१ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइएको छ । सत्तारूढ नेकपा (एमाले)का प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र एमालेकै विदुरकुमार लिन्थेप तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव बुधबार दर्ता गरिएको हो ।

“संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ सँग सम्बन्धित २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्,” दर्ता गरिएको प्रस्तावमा उल्लेख छ ।

आजै बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले कोसी प्रस्तावलाई समर्थन गरी अघि बढ्ने निर्णय गरेको थियो ।

प्रदेशसभाको आजको बैठकमा नामसम्बन्धी प्रस्ताव पेस गरिँदै छ । प्रदेश–१ प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश–१ ले आजै नाम पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array