नेकपा एमालेले प्रस्ताव गरेकै नाम कोसी प्रदेशको पक्षमा मतदान गर्ने माओवादीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – पहिचानको आधारमा प्रदेश १ को नामाकरण गरिनुपर्ने माग राख्दै आएको नेकपा माओवादी केन्द्रले पनि ‘कोसी’कै पक्षमा मतदान गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रको भर्खरै बसेको संसदीय दलको बैठकले कोसीको पक्षमै मतदान गर्ने निर्णय गरेको हो । यसअघि नै नेकपा एमाले र नेपाली काँग्रेसले प्रदेश १ को नाम कोसी राख्न सहमत भइसकेका छन् ।

- Advertisement -
Ad imageAd image

यो सँगै अब कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्नेछन् । यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि अन्तिममा आएर कोसीमै सहमत हुने भएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्