राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएका छन् ।

- Advertisement -
Ad imageAd image
आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन प्रस्थान गर्ने कार्यक्रम छ । आईपीयू बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको राजधानी मनामामा हुँदैछ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्