काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताए ।
एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा-आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो ।
आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्त्वपूर्ण रहेको बताएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए । उक्त सन्दर्भमा विसं २०७५ गठन भएको नेकपा ब्युँताउनुपर्ने कुरा आफूले राख्दै आएको उनले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्