काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि (मङ्गलवार) देखि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरूसँग छलफल थाल्ने प्रधानमन्त्री निकट एक नेताले बताए ।
‘आज एमाले सरकारबाट बाहिरियो । राप्रपा र रास्वपा केही दिन अघि बाहिरियो’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘अब सबै परिस्थितिको विषयमा विश्लेषण हुनेछ । भोलिदेखि नयाँ गठबन्धनका नेताहरूसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्