सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीकाे समर्थन कायम रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।

सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको निर्णय फिर्ता नलिने निर्णय गरेको हो।

बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने कुनै निर्णय भने नगरेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले बताए ।

उनले भने, ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर हामी अझै निर्णयमा पुगेका छैनौँ। अहिले पर्ख र हेरको अवस्थामा छौँ । यसबारे फेरि छलफल गरेर निर्णय गर्छौँ। सरकारलाई दिएको समर्थन भने कायमै रहन्छ।’ रास्वपाले माघ २२ गते सरकार छोडिसकेको छ।

राष्ट्रपति निर्वाचनका लागि एमालेका सुवास नेम्वाङ र काँग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। पौडेललाई ८ दलको समर्थन छ। पौडेलले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array