सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीकाे समर्थन कायम रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।

सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको निर्णय फिर्ता नलिने निर्णय गरेको हो।

- Advertisement -
Ad image
बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने कुनै निर्णय भने नगरेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले बताए ।

उनले भने, ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर हामी अझै निर्णयमा पुगेका छैनौँ। अहिले पर्ख र हेरको अवस्थामा छौँ । यसबारे फेरि छलफल गरेर निर्णय गर्छौँ। सरकारलाई दिएको समर्थन भने कायमै रहन्छ।’ रास्वपाले माघ २२ गते सरकार छोडिसकेको छ।

राष्ट्रपति निर्वाचनका लागि एमालेका सुवास नेम्वाङ र काँग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। पौडेललाई ८ दलको समर्थन छ। पौडेलले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्