सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।

गोरखामा खोलै नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टालेविरुद्द मुद्दा दायर गरिएको हो ।

- Advertisement -
Ad imageAd image
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट निर्मित पुल विवादित थियो। खोलै नभएको स्थानमा पुल बनाइएको थियो। 

निर्णय प्रक्रियामा संलग्न नदेखिएको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन। तत्कालीन सचिव मरहट्टाविरुद्ध भने पाँच करोड बिगो छ । मरहट्टा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागका महानिर्देशक छन्।

यसैगरी प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सी.डि.ई. ओम राज ढुङ्गाना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्