सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रियसभाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले दिवंगत सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

- Advertisement -
Ad imageAd image
झापाको भद्रपुर निवासी सांसद रहमान जसपाबाट प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन् । उनको हृदयाघातका कारण शनिबार (हिजो) भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार (भोलि) दिउँसो १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्