नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ ।
शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
एमालेले प्रचण्डले बाहृय दबाब थेग्न नसकेको र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लागेको निष्कर्ष निकालेको छ । तरपनि एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरेन, बरु त्यो सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्