जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सहनाज रहमानको निधन भएको छ । भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरको मध्यपुर अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा रहमानको आज मृत्यू भएको हो ।
जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्