सुवास नेम्वाङले राष्ट्रपतिको उम्मेदवारमा मनोनयन दर्ता गराए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङको नाम मनोनयन दर्ता गराएको छ । पार्टीका उपाध्यक्षसमेत रहेका नेम्बाङले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।

मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array