काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति उमेदवार आज टुंगो लगाउने भएको छ । यसका लागि बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पुरानो गठबन्धन ब्युँतिएका कारण आफ्नो उमेदवारले जित्नेमा कांग्रेस ढुक्क छ ।
कांग्रेसमा दुई नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको राष्ट्रपतिमा दाबी रहेको छ । केही नेताले सभापति शेरबहादुर देउवा नै उमेदवार बन्नुपर्ने धारणा राख्दै आएका छन् ।
तर, सभापति देउवाले आफू राष्ट्रपतिमा नउठ्ने बताइसकेकाले पौडेल र सिटौलामध्ये एकजनाको नाम बैठकले छनोट गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्