राष्ट्रपति निर्वाचन: आज उमेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो । बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उमेदवारी दर्ता गर्नुपर्नेछ ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपति पदमा मनोनयन दर्ता गर्दा पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनकाे मतदाता नामावलीमा नाम भएको व्यक्ति प्रस्तावक र समर्थक हुनुपर्नेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए ।

प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array