राष्ट्रपति निर्वाचनमा कांग्रेस–एमाले सहकार्य हुन सक्छ: प्रदीप ज्ञवाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

पाँचथर – सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा आज (शुक्रबार) पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकारात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाटो बिराएको समेत ज्ञवालीले टिप्पणी गरेका छन् । कांग्रेस–माओवादीबीचको तत्कालीन गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तत्पर नभएपछि एमालेले उद्धार गरेर प्रधानमन्त्री बनाइएका दाहालले सहमति विपरीत एमालेलाई राष्ट्रपति पदमा अस्वीकार गरेकोमा आफूहरु सशंकित भएको उनको भनाइ थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्