काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन ।
यस्तै हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महतो निलम्बनमा नपरेकोले उनको नाम पनि मतदाता सूचीमा समावेश रहेको छ ।
यस्तै राष्ट्रपतिको निर्वाचनका लागि मतदाताका रूपमा रहेका सङ्घीय र प्रदेश सभा सदस्यमाथि कुनै दाबी विरोध उजुरी नपरेको उनले बताए । आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने, फागुन १४ गते उम्मेदवारको मनोनयन विरुद्ध उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस्