नेप्से ५७.७४ अंकले घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आज सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । लघुवित्तमा मात्र ९.५४ अंकको गिरावट आएको छ । ३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो । यसरी घट्नेमा सबै लघुवित्त कम्पनी छन् ।

बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले बढ्यो । सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ । बिहीबार छिमेक लघुवित्तको सबैभन्दा धेरै कारोबार भयो ।
गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्