प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन: अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई समर्थन (सपोर्ट) गर्नै नमिल्ने बताएका छन् ।

निजी निवास बालकोटमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ‘उहाँ (प्रचण्ड) ले सपोर्ट गर्दै गर्नु हुन्न, गर्नै मिल्दैन,’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘किनभने हामीसँग उहाँले पुस १० गते नै सम्झौता गरिसक्नु भएको छ ।’

- Advertisement -
Ad image

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूबीच दौडधुप चलिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सक्रिय भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्