काठमाडाैं – कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।
दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका हुन् ।
“आफैँले बोकेको राइफलबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको विवरण आएको छ,” जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बताएका छन । आत्महत्याको कारण अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्