नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्। दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन ।

उनको नेतृत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ । फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन ।

- Advertisement -
Ad image

बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेशन सम्पन्न भएको छ । बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्