झापामा एक पुरुषद्वारा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ फाल्गुन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ  – झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।

जलिरहेको अवस्थामा उनको उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले देश सञ्चारलाई जानकारी दिए।

- Advertisement -
Ad imageAd image

उनको ढाडको भाग जलेको छ। आत्मदाहको प्रयासको कारण खुलेको छैन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्