काठमाडौँ – अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको आठ अर्ब बजेट रोकेको छ। प्रमुख अन्न तथा तरकारी बालीको आयात मन्त्रालयले चालु आर्थिक वर्षदेखि सुरु गर्न लागेको ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’को विनियोजित बजेट अर्थ मन्त्रालयले रोक्का गरेको हो।
बजेट घोषणामार्फत सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा खाद्यान्नको आयात ३० प्रतिशत कम गर्ने लक्ष्य राख्दै आठ अर्ब ४५ करोड ७० लाख रुपैयाँ विनियोजन गरे पनि कार्यान्वयन गर्ने बेला बजेट नै रोकिदिएको हो।
कार्यक्रममार्फत् स्थानीय तहको अग्रसरतामा प्रमुख खाद्यान्न बालीहरु धान, मकै, तरकारी, आलुलगायतको उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको थियो। कार्यक्रम कार्यान्वयनका लागि गत असोजदेखि कार्यविधि लागू भएको थियो।
अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पत्र लेख्दै कार्यक्रमको बजेट रोक्का गरिएको औपचारिक जानकारी दिएको कृषि मन्त्रालयले जानकारी दियो।


प्रतिक्रिया दिनुहोस्