काठमाडौँ – सोमबार राति ८ बजेर ४ मिनेटमा टर्की र सिरियामा १४ दिनपछि फेरि भूकम्पको धक्का महसुस गरिएको छ। रेक्टर स्केलमा यसको तीव्रता ६.४ थियो। यसको केन्द्र अन्टाक्या प्रान्तको हताय शहर थियो।
भूकम्पको गहिराई २ किलोमिटरसम्म रहेको थियो। त्यसपछिका परकम्पहरूको तीव्रता ३.४ देखि ५.८ थियो। जसका कारण ३ जनाको मृत्यु भएको छ भने २९४ जना घाइते भएका छन्।
टर्की–सिरियाको सीमा क्षेत्रमा ६८ घण्टामा ११ पटक भूकम्प गएको छ। टर्कीको अनादोलु समाचार एजेन्सीका सरकारी स्रोतका अनुसार तीन ठाउँमा खोजी र उद्धार कार्य जारी छ। सोमबारको भूकम्पको धक्का लेबनान, इजरायल र साइप्रसमा पनि महसुस गरिएको थियो। युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार थप परकम्पहरूको सामना गर्नुपर्ने हुनसक्छ।
मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो
टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको तीनवटा ठूला भूकम्पका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार दुवै देशका २ करोड ६० लाख मानिसलाई सहयोग आवश्यक छ। विगत ७५ वर्षमा पहिलो पटक डब्ल्यूएचओले यति ठूलो मात्रामा उद्धार कार्य सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्