अमेरिकी राष्ट्रपति जो बाइडेन युद्धरत राष्ट्र युक्रेनको राजधानी किभमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

अमेरिकी राष्ट्रपति जो बाइडेन गोप्य रूपमा युद्धरत राष्ट्र युक्रेनको राजधानी किभ पुगेका छन्।  राष्ट्रपति बाइडेन आज सोमबार युक्रेनसँग जोडिएको पोल्यान्डको सीमाबाट गोप्य रूपमा रेल चढेर किभ पुगेको सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिएको बताइएको छ ।

किभ पुगेपछि ट्विट गर्दै बाइडेन युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूर्ण प्रतिबद्धता व्यक्त गर्न रूसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले आज युक्रेनको भ्रमण गरेको बताएका छन्।

- Advertisement -
Ad imageAd image

केही समयअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। रसियासँग एकबर्ष देखि युद्ध लडिरहेको युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रहरूले सैन्य तालिम, सामग्री र आर्थिक सहयोग लगायत दिएर सहयोग गरिरहेका छन्।

बाइडेनको युक्रेन भ्रमणबारे व्हाइट हाउसले केहि बताएको छैन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्