सत्तारुढ नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले लघुवित्त संस्थाको चर्को ब्याजदरले पीडित भएकाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
प्रदेशभर लघुवित्त संस्थाहरुबाट नागरिक पीडित भई त्यस विरुद्धमा पीडितले संघर्ष गर्दै आएकाले पीडितहरुप्रति ऐक्यवद्धता जाहेर गर्ने निर्णय गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए उनले भने, ‘यसको तत्काल उचित समाधानको लागि पहल गर्नेछौं ।’
सत्तारुढ दलनै लघुवित्त प्रति नकारात्मक भएर निर्णय गरेको यो पहिलो घटना हो ।


प्रतिक्रिया दिनुहोस्