सुर्खेतमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् ।
राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मा पनि रहेको बताए । महामन्न्त्री शर्माले भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।
नेताहरुका अनुसार केही दिनअघि नेताहरुसँग भएको छलफलमा पनि शर्माले सभापति देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न सुझाएका थिए, जसलाई देउवाले तत्काल अस्वीकार गरेका थिए ।
महामत्री शर्माले राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन हुने तर्क समेत प्रस्तुत गरे ।


प्रतिक्रिया दिनुहोस्