पोखराको डाँडाकोनाकमा बस दुर्घटना हुँदा करिब ४० जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस पृथ्वीराजमार्गबाट पोखराको डाँडाकोनाकमा दुर्घटना हुँदा करिब ४० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले बताए। ‘दुर्घटनामा परेका सबैको उद्धार गरेर अस्पताल लगिएको छ। अहिलेसम्म गम्भीर घाइते देखिँदैनन्’, उनले भने । चालकलाई नियन्त्रणमा लिएको केसीले जानकारी दिए। ‘चालकलाई नियन्त्रणमा लिएका छौँ। ब्रेकफेल भएर दुर्घटना भएको भन्ने छ’, उनले भने।

प्रहरीका अनुसार बसमा पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सर्वसाधरण सवार थिए। विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: