जनदबाव सिर्जना गर्न सामाजिक संजालमा अभियान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०७९, आईतवार
5 Min Read
Aa

भवानी गुरागाँई

विश्वव्यापिकरणको प्रभावको कारण विश्वस्तरमा विकास भएका प्रविधि तिब्ररुपमा विस्तार भइरहेको छ । यसले विश्वका एक कुनामा विकास भएको प्रविधिले विश्वको अर्को कुनामा रहेका मानब जिवनमा पनि परिर्वतन भइरहेको र जिवन यापनमा सहजता गरिरहेको छ । जसमध्येको सुचना संचारमा भएको विकास भने निकै सहजर तिब्र विकास भएको छ । यसले अहिले विश्वको भ्रमण गर्न कुनै साधन आवश्यक नपर्ने केवल औलाका टुप्पाले बाट नै विश्वको भ्रमण गर्न सकिने भएकोछ । जसले सुचना प्राप्त गर्न र पठाउन सहज रुपमा केहि क्षणमाने गर्न सकिन्छ । साथै अहिले विश्वको जुनसुकै ठाउमा रहेका मानिस बिचमा पनि प्रत्यक्ष कुराकानि गर्न सकिने भएको छ । यतिमात्र हैन हाम्रो जस्तो देशमा पनि विदेशमा बसेका परिवारका सदस्यले घरमा दशैजस्ता चाडपर्वमा अनलाइनको माध्यम बाट खसि बोका किनीदिने जस्ता काम पनि हुन थालेको पाइन्छ । राज्यका हरेक काम अब अनलाइनको माध्यमबाट हुने गरेको र सरकारका आगामि कार्यक्रम पेपरलेस गभरमेन्टको विकास भएको छ । सूचना र संचारको विकासका यि सकारात्मक पाटा भए भने यसका नकारात्मक पक्षमा पनि व्यापक भएको छ ।

विश्व व्यापिरुपमा फैलदै गएको प्रविधिको विकासले संचार जगतमा निकै ठुलो फड्को मारेको छ । यसमा बढि प्रभाव सामाजिक संजालले जमाएको छ । यसको प्रयोगकर्ता दिन प्रतिदिन बढिरहेको छ । यसका क्षेत्रहरुमा पनि नया–नया पन देखा परिरहेको छ राज्यको सुचना प्रवाह गराउने माध्यम पनि सामाजिक संजाललार्इ आधार बनाउन थालेको छ तर सामाजिक संजालको तिव्र प्रयोगले के कस्तो असर समाजमा पुर्याएको छ र यसलाइ संचालनका निम्ति प्रभावकारि कानून निति नियम नभएको महसुस हुन्छ । नेपाल जस्तो देशमा करीब वर्षेनी चार लाख युवा श्रम बजारमा प्रवेश गर्ने र जसमध्ये करिव दुइ प्रतिशत मात्र रोजगारि पाउने र बाकी युवा बेरोजगारि रहने गरेको पाइन्छ । भने बेरोजगार युवाहरु समय व्यतितको लागि सामाजिक संजालमा समय व्यतित गर्ने गरेको पाइन्छ । यसबाट देशको सक्षम जनशक्ती निर्माण अवरोध भएको देखिन्छ ।

पछिल्लो समय सामाजिक संजालको गलत प्रयोग गर्ने एक अर्को लाइ आलोचना र चुनावमा प्रचार सामाग्रीको माध्यम निर्माण हुने गरेकोले पनि यसलाई लगाम लगाउने भन्दा पनि राज्यको निति निर्माता पनि यसलाई स्वतन्त्र उपयोग गरेको छ । न्याय प्रक्रियामा गएका घट्नाहरुमा सामाजिक संजाल प्रयोग कर्ता  फैसला सुनाउने । एउटाको पक्ष लिएर तथानाम सुन्नै नसकिने खालका गालि अर्को पक्षलाई गर्ने । हाम्रो सामाजिक संस्कार र कानुन दुवैले बर्जित गरेका कुराहरु गर्न छुट पाउनु पर्छ र आफु अनुकुलको तर्क दिने र भिडलाई उत्तेजित पार्ने काम भएको छ । न्याय सम्पादनमा समेत असर गर्ने गरि जनदबाव सिर्जना गर्ने सम्मको अभियान सञ्चालन भएको पाइन्छ ।

पछिल्लो समय सामाजिक संजालको गलत प्रयोग गर्ने एक अर्को लाइ आलोचना र चुनावमा प्रचार सामाग्रीको माध्यम निर्माण हुने गरेकोले पनि यसलाइ लगाम लगाउने भन्दा पनि राज्यको निति निर्माता पनि यसलाइ स्वतन्त्र उपयोग गरेको पाइन्छ । नेपालमा बेरोजगारिको समस्या र सामाजिक संजालको प्रयोग एउटै ठुलो सामाजिक समस्याको रुपमा विकास भएको छ । सामाजिक संजालमा आफ्ना सम्पुण विवरण राख्ने गरेको र त्यसलाइ ह्याकरले ह्याक गरि ति विवरणको गलत प्रयोग गरिरहेको घटनाहरु आजभोलिका समाचारका मुख्य विषय बनिरहेका छन । सामाजिक संजालको बढि प्रयोगले बालबच्चा तथा किसोर– किसोरी यसको गलत सिकार भएका छन ।

पछिल्लो समय सामाजिक संजाललाई नै सूचना प्राप्त गर्ने मुख्य स्रोतको रुपमा लिने र त्यसमा भएको सूचनालाई विश्वास गर्नाले मानिसहरुले अकालमा आफ्नो ज्यानसमेत गुमाइरहेको छन । जस्तै भाइरल बन्नका लागि सहासि भएर टिकटक निर्माणमा ज्यान गुमाउने धेरै छन । सामाजिक संजालको बढि प्रयोगले मानिस सारिरिक कार्यबाट पछि परेसंगै मानसिक रूपमा पनि पिडित हुदै गएको छ । अहिलेको हरेक व्यति सामाजिक संजालको दलदलमा फसेको छ यसले उसलाई नशालु पदार्थले भन्दा बढि सताउने गरेको छ ।
विश्वमा अहिले विकसित देशमा सामाजिक संजालको समस्यालाइ कम गर्न केहि नियन्त्रण गरिएका छ भने नेपाल जस्तो देशमा भने यसले विकराल रुपलिदै गएको छ । विभिन्न अध्ययन बाट अहिले प्रत्येक पाचजना युवामा एक जनामा सामाजिक संजालको बढि प्रयोग बाट मानसिक रोगको शिकार भएको कुरा सार्वजनिक भएको छ ।

अहिलेका मानिस जसरि पानि विना माछा बाच्न सक्दैन ठिक त्यसरिनै सामाजिक संजाल बिना बाच्न नसक्ने अवस्थामा पुगेको छ । आफ्नो उज्वल भविष्य निर्माण गर्ने समय सामाजिक संजालको प्रयोग गरेर मानसिक रोगको शिकार भएर नरकीय यात्रामा निस्कीएका छन । यि तमाम मानिसहरुलाइ यसबाट छुटकारा दिलाउन राज्य बाटनै यसलाइ समाधान गर्ने गरि निति कानून बनाएर यसलाइ नियन्त्रण गर्नुपर्ने र सचेत नागरिक यसको समाधानमा लाग्नु पर्ने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्