आज एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिसेको छ । उनले यस वर्षका निर्वाचन सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उल्लेख गर्दै देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको प्रष्ट पारे।
त्यसैगरी यसै वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकामा खुसी व्यक्त गर्दै आयोगले निर्वाचनमार्फत निर्वाचित सम्पूर्ण जनप्रतिनिधि एवं निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

“निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो, लोकतान्त्रिक प्रणालीअन्तर्गत सम्पन्न हुने आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्थालाई संस्थागत र मजबुत बनाउँछ”, सन्देशमा भनिएको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज हामी सातौँ निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउँदै छ । यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका लागि पनि विशेष वर्षको रूपमा रहेकाले सातौँ निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको आयोगको भनाइ छ ।

- Advertisement -
Ad imageAd image

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, मङ्सिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्