आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ । नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरे तस्तै कुशल मल्लले विस्फोटक ब्याटिंग गर्दै अर्धशतक बनाए ।
लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो । नेपालले पहिलोपटक लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको छ । आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गरे,ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो । यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् ।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए ।
२७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे ।
आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए ।
त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले शनिबार रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवै नयाँ भएपनि सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । कुशल मल्लले लिग टु मा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । यसअघि शुक्रबार स्कटल्याण्डलाई पारजित गर्दा कुशल मल्लले आक्रामक ८१ रन बनाएका थिए ।
रोहितले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए ।
नामिबियाका रुबेन ट्रम्पलमेनले ३, बर्नानर्ड स्कोल्जले २ तथा तांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले १/१विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जान ग्रीनको अविजित ७५ रन ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।
नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । करणले १ विकेट लिए । करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले किफायती बलिंग गर्दै १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए तर विकेट लिन सकेनन् । नामिबियाका दुई खेलाडी रनआउट भए ।


प्रतिक्रिया दिनुहोस्