अघिल्लो संसद्का २५ निष्क्रिय विधेयकलाई आवश्यक परिमार्जनसहित पुन: सक्रिय बनाउन परिपत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

काठमाण्डौं– सरकारको प्राथमिकताको क्षेत्र अनुसारका विधेयक तयार गरेर मन्त्रालयमा पठाउन कानुन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अघिल्लो संसद्‍मा दर्ता भएर विभिन्न चरणमा पुगेर पारित हुन नसकी निष्क्रिय भएका विधेयकको पुनः मस्यौदा दिन परिपत्र गरेको हो । अघिल्लो संसद्‍मा दर्ता भएर प्रक्रियामा रहे पनि निष्क्रिय भएका विधेयकहरूको लिस्ट बनाएर त्यसलाई आवश्यक परेमा परिमार्जन सहित विधेयकको मस्यौदा दिन भनिएको जानकारी दिएको छ । सोही आधारमा विधेयकका लागि स्वीकृति दिने मन्त्रालयले तयारी गरेको छ ।
‘४ वर्षअघि दर्ता भएका विधेयकमा अहिले नीतिगत केही परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएमा त्यसलाई समेत परिमार्जन गरेर ल्याउन भनेका छौँ । पुरानै व्यवस्था जस्ताको तस्तै राख्न ठीक छ भने त्यो हामीले पनि पुनःरावलोकन गर्नु परेन छिट्टै जाने भयो । नीतिगत रूपमा केही मिलाएर लैजानुपर्नेछ भने पनि त्यसलाई मिलाएर अलि छिट्टै संसद्‍मा लैजाने योजना छ । तपाईंहरुको मन्त्रालयको प्राथमिकता कुन कुन विधेयक अगाडि बढाउने छ त्यो पठाउनुस् भनेका छौँ’ मन्त्रालयका कर्मचारीले भने ।

नवनिर्वाचित संसद्‍मा विधेयक दर्ताको लागि पठाउन मन्त्रालयले गरेको परिपत्र अनुसार केही विधेयक कानुन मन्त्रालयमा आइपुगेका छन् भने केही नयाँ विधेयकको मस्यौदा पनि आइपुगेको छ ।

- Advertisement -
Ad image

कानुन मन्त्रालय आफैले संसद्‍मा दर्ता गरेको पहिलो विधेयक ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधि सभामा प्रस्तुत समेत भइसकेको छ ।

मन्त्रालयमा स्वीकृतिका प्रदान गर्नका लागि विद्युतीय व्यवस्था सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, उर्जा दक्षता तथा संरक्षण विधेयक २०७९, जलस्रोत सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९ आइपुगेको छ ।

यस्तै विकास आयोजना सञ्चालन सम्बन्धी विधेयक सैद्धान्तिक सहमतिका लागि मन्त्रालयमा आइपुगेको छ । यसअघि संसद्‍मा दर्ता भएको द्रुततर विकास निर्माण सम्बन्धी विधेयक निष्क्रिय भएपछि सो विधेयकमा भएको व्यवस्थालाई संशोधन गर्दै यो विधेयक अगाडि बढाउन लागिएको हो ।

राष्ट्रिय सभाका ५ र प्रतिनिधि सभाका २० निष्क्रिय विधेयक जिरोबाट सुरु हुने र अघिल्लो संसद्‍मा बैठकमा प्रवेश गरेर विभिन्न चरणमा पुगेका २५ वटा विधेयकहरूलाई पुनस् शून्यबाट सुरु गर्नुपर्ने भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्