काठमाडौँ – कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।
नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै ८५ रन बनाए । उनलाई सोमपाल कामीले अन्तिमसम्म २४ रन बनाएर राम्रो साथ दिए । त्यस्तै कुशल मल्लले ८१ रन बनाउँदै नेपाललाई जीत तर्फ अग्रसर गराए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थिए ।


प्रतिक्रिया दिनुहोस्