माओवादी केन्द्रले प्रशिक्षण कार्यक्रमका दापथचार तहको पाठ्यक्रम लागु गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले विचारधारालाई प्रभावकारी बनाउन चार तहको पाठ्यक्रम लागु गर्ने तयारी गरेको छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागु गर्ने माओवादी केन्द्रका नेताहरुले जनाएका छन् ।
जसअनुसार तत्काल माध्यामिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलको अध्यक्षतामा हालै बसेको बैठकले कार्ययोजना तय गर्दै चार तहको पाठ्यक्रमलाई लागू गर्ने निर्णय गरेको हो ।
बैठकले सबै प्रदेशका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ । जसअनुसार प्रदेश १ मा फागुन १४, १५ र १६ गते, गण्डकी प्रदेशमा फागुन १९,२० र २१ गतेका लागि तय गरिएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा फागुन २४, २५ र २६ गते, कर्णाली प्रदेशमा फागुन २९, ३० र चैत १ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तालिका तय गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा चैत ४, ५ र ६ गते, मधेस प्रदेशमा चैत ९, १० र ११ गते, बागमती प्रदेशमा चैत १४, १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा चैत १७, १८ र १९ गते, सम्पर्क समन्वय प्रदेश समितिमा चैत २०, २१ र २२ गते र प्रवास समन्वय प्रदेशमा चैत २३ देखि हरेक दिन २ घण्टाका दरले एक साता गर्ने तय भएको एक नेताले जनकारी दिए ।

ती नेताका अनुसार प्रशिक्षण कार्यक्रमा प्रत्येक पालिकाबाट १ जना, प्रत्येक जिल्लाबाट ५ जना र प्रदेश स्कुल विभागबाट सबै जनाको अनिवार्य उपस्थिति हुनुपर्ने नियम बनाइएको छ । प्रशिक्षणको व्यवस्थापन सम्बन्धित प्रदेशले गर्नेछ भने प्रशिक्षण, पाठ्यक्रम र कक्षासम्बन्धी अन्य व्यवस्था केन्द्रीय स्कुल विभागले गर्नेछ ।

यस्तै स्कुल विभागले छनोट गरेका विषयहरुमा केन्द्रीत रहेर अनुसन्धानको कामलाई अघि बढाउने योजना पनि बनाइएको छ । अनुसन्धानको कार्य गर्दा केन्द्रीय स्कुल विभागका सदस्यहरू र विषयविज्ञहरु रहने गरी कार्यदल, संरचना रहने बताइएको छ ।
यस्तै कक्षा सञ्चालन गर्दा केन्द्रीत तहमा २ वटा चच्च तहको कक्षा सञ्चालन गरिने छ भने प्रदेश तहमा वर्षमा एउटा मध्यम तहको कक्षा सञ्चालन गरिनेछ । यसैगरी पालिका तहमा वर्षमा एउटा आधारभूत तहको कक्षा सञ्चालन गर्ने माओवादी केन्द्रको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

Array