अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को  केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको भावी अध्यक्षका लागि बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५१७ मत खसेको थियो ।

- Advertisement -
Ad imageAd image
१ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्