आजको मौसम: प्रदेश–१ को उच्च पहाड र हिमाली भू–भागमा हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – देशका केही भागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव पर्दा केही स्थानमा हिमपातको सम्भावना रहेको हो ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: