महाभियोग प्रस्ताव अर्को संसद्‌मा पनि लैजान सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदालाई अन्तिम रुप दिएको र अर्को संसद्मा पनि लैजान सकिने व्यवस्था नियमावलीमा गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्तावलाई लिएर विवाद उत्पन्न भएको थियो ।
तर महाअभियोग सम्बन्धी व्यवस्थामा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र एमाले सांसद महेश बर्तौलाले फरक मत राखेका छन् । संसद्को जारी अधिवेशनमा महाअभियोग प्रस्ताव निर्णय नभए अर्को संसदमा जाने गरी नियमावली बनाउने सहमति भएको छ । एपछि अहिले नियमावलीमै व्यवस्था गर्न लागिएको हो । काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदालाई अन्तिम रुप दिइएको छ । महाभियोग प्रस्ताव अर्को संसद्मा पनि लैजान सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्तावलाई लिएर विवाद उत्पन्न भएपछि अहिले नियमावलीमै व्यवस्था गर्न लागिएको हो ।तर महाअभियोग सम्बन्धी व्यवस्थामा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र एमाले सांसद महेश बर्तौलाले फरक मत राखेका छन् । संसद्को जारी अधिवेशनमा महाअभियोग प्रस्ताव निर्णय नभए अर्को संसदमा जाने गरी नियमावली बनाउने सहमति भएको छ ।

- Advertisement -
Ad image

बिहीवार बसेको समिति बैठकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङले ५ महिना समय हुनेगरी महाभियोग प्रस्तावमा थाती रहे अर्को संसदले आवश्यकताका आधारमा निर्णय गर्नेगरी प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा विमती राखेका कांग्रेस सांसद बडुले आवश्यकताका आधारमा भन्ने शब्द राख्न आवश्यक नभएको जिकिर गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्