इन्टरनेटको तार तत्काल नकाट्न पाटन उच्च अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– पटक पटक इन्टरनेट पोलभाडा नतिरेको भन्दै बिद्युत प्राधिकरणले विभिन्न ठाउँमा फाइबर काट्दै आएपछि इन्टरनेट सेवाप्रदायक संघले नकाट्न आदेशमागगरेपछि पाटन उच्च अदालतले इन्टरनेट तथा केलबको तार नकाट्न आदेश दिएको छ । इन्टरनेट सेवाप्रदायक संघले बिद्युत प्राधिकरणले आफुखुशी फाइबर काट्न थालेको भन्दै अन्तरिम आदेशको माग गरेका थिए । न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले तत्काल तार काट्ने गतिविधि रोक्न आदेश दिएको हो । त्यसका लागि भने फागुन १६ गतेका लागि पेशी तोकिएको छ ।
आदेशमा भनिएको छ ‘नेपाल विद्युत प्राधिकरणले गत ६ मङ्सिरमा जारी गरेको सूचना अनुसार दिइँदै आएको इन्टरनेट सेवाको तार काट्ने वा इन्टरनेट सेवा अवरुद्ध गर्ने जस्ता तत्काल नगर्नु नगराउनु।’
आइस्पानले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्षी बनाएर मुदा दायर गरेको थियो । यस अघि पटक पटक इन्टरनेट पोलभाडा नतिरेको भन्दै बिद्युत प्राधिकरणले विभिन्न ठाउँमा फाइबर काट्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array