घरबहाल व्यवस्था निर्देशिका २०७९ जारी; घरखाली भएको सूचना महानगरपालिकामा दिनुपर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै घरभाडामा दिंदा र घरखाली भएको सूचना महानगरपालिकामा सात दिनभित्र दिनुपर्ने भएको छ । घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरेको हो । बाँकी दुई प्रतिमध्ये एकरएकप्रति भने सम्झौताकर्ताले राख्नुपर्नेछ । यदि घरखाली भएको जानकारी नगराएको खण्डमा भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर तिर्नुपर्ने हुन्छ ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था महानागरले ल्याएको हो ।
घरबहालमा दिंदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ । निर्देशिका अनुसार मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सो समेत उल्लेख गरेर बहाल रकम बुझाउने समय र प्रक्रिया वडा कार्यालयमा बुझाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array