प्रतिनिधिसभामा लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

प्रतिनिधिसभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । उनले आयोगको pप्रतिवेदन शार्वाजनिक नगरे सदन अवरुद्ध गर्ने समेत चेतावनी दिए ।

तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलद्वारा आव्हान गरिएका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड,आगजनी, लगायतका घटनाको सत्य-तथ्य छानबिन गर्न गिरिस चन्द्र लालको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो ।

- Advertisement -
Ad imageAd image

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट बोल्दै उनले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक नगरे सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीले चेतावनी दिए । उनले भने ‘लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन’ उनले भने ।

जसपा, लोसपाले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएका छन् ।

तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य-तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्