डिआइजी अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाई जागिर खाएको भन्दै विश्वप्रकाश भेटवालले हदैसम्मको कारबाही गरिपाऊँ भन्दै अख्तियारीमा उजुरी दिएका हुन्।
निवेदक भेटवालले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको उल्लेख गरेका छन्।

उजुरी पत्रअनुसार डिआइजी सिंहले २०५१ साल चैत ५ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए।

- Advertisement -
Ad imageAd image

हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत छन्।

प्रहरीमा जागीर खानकै लागि डिआइजी सिंहले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएको जिकिर निवेदक भेटवालले गरेका छन्। अशोक सिंहको वास्तविक नाम अशोक सिंह बोगटी भएको तर प्रहरी प्रधान कार्यालयको तीनपुस्ते रेकर्डमा अशोक सिंह मात्र रहेको निवेदनमा बताइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्