केपी ओलीका पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा बुधबार सुनुवाइ नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा बुधबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालत प्रशासनले अरु २० वटा मुद्दापछि मात्रै मुद्दा सुनुवाइका लागि पालो तोकेको जानकारी दिएको छ । सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेसी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।
पुस २७ गतेका लागि पेसी तोकिएकोमा त्यो दिन पृथ्वी दिवस परेकाले सुनुवाइ हुन सकेको छैन । त्यही मुद्दा ३ फागनुमा पेसी तोकिएको हो ।
सर्वोच्च अदालतले बुधबार प्रकाशित गरेको पेसी सूची अनुसार, १७ वटा नयाँ मुद्दा संवैधानिक नियुक्तिविरुद्धको मुद्दाअघि पालो तोकिएका छन् । त्यसपछि अरु २र३ वटा मुद्दा पनि भएकाले पालो नआउने निश्चित भएको हो ।

केपी ओली प्रधानमन्त्री भएका बेला प्रक्रिया नपुर्‍याइ संवैधानिक परिषद्को बैठक डाकिएको र त्यो असफल भएपछि अध्यादेशका आधारमा बैठक डाकेर संवैधानिक पदाधिकारीको नाम सिफारिस गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्