नामिबियामाथि नेपालको एतिहासिक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०७९, मंगलवार
3 Min Read
Aa

किर्तिपुर काठमाण्डौ :

नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्दै आइसिसी विश्वकप लिग – २ अन्तर्गत नामिबियामाथि २ विकेटको  जीत निकालेको छ।  नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ४७.४ ओभरमा पूरा गरेको हो।

यसअघि नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पार गरेको थियो । ब्याटिंगमा सधै कमजोर देखिने नेपालले आज राम्रो ब्याटिंग गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले। उनले ११२ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन बनाए । यस्तै कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए  ।

कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट भएका थिए। करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । सोमपाल कामीले विजयी चौका प्रहार गरे ।

नेपालका ओपनर आसिफ शेख शून्य रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २५ रन बनाए । दीपेन्द्रसिंह ऐरी भने ७ रनमै आउट भए। सन्दीप जोराले २४ बलमा २८ रन जोडे।

बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए। निकोल इटनले पनि ३ विकेट हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भयो।

नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गरे। उनले १३७ बल खेल्दै  १३३ रन जोडे। उनले ९ चौका र ५ छक्का प्रहार गरे।

ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक १३ रनमा आउट भए।

कप्तान गेरार्ड इरासमसले ५६ रनको  योगदान गरे। उनले भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे।

यस्तै निकोल इटन ८ रनमा आउट भए भने जान फ्राइलिनलाई करण केसीले १३ रनमा बोल्ड भए। जेन ग्रिन ३४ रन जोडेर आउट भए।

बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिदा स‍ोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिए।

लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।

सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।

सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।

लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३१ खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।

सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २५ खेलबाट २० अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: