आन्दोलनमा मोबाइल पसल लुट्नेलाई कारबाही गर्न गृहको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमडौं– गृह मन्त्रालयले यातायात मजदूरको आन्दोलनको क्रममा सोमबार मोबाइल पसलमा भएको लुटपाटको घटनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । सोमबार साँझ यातायात मजदूरको आन्दोलनको क्रममा गोंगबुस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलमा तोडफोड तथा लुटपाट भएको थियो। व्यवसायीहरुले ८÷१० करोडको मोबाइल लुटिएको भन्दै सरकार र आन्दोलनकारीहरुले त्यसको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
उक्त लुटपाटको घटना सार्वजनिक भएपछि गृह सचिव विनोदप्रकाश सिंहले नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई टेलिफोन गरी घटनाको अनुसन्धान गरी कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्