प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेकाका दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता भएको छ । दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्पपूर्ण छलफल भएको थियो।

भेटवार्तामा इपिएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो।आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्