देशभरको मौसममा सुधार, तत्काल वर्षाको सम्भावना छैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि  देशभर मौसम सामान्यतया सफा रहने छ ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको  हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तत्काल वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: