सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ ।
सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरेको विभागका महानिर्देशक तुल्सी गौतमले बताए ।
सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागहरुबारे छलफल गर्न तयार रहेको उनले बताए

आन्दोलनले समस्या समाधान नगर्ने बरु थप बल्झाउने सम्भावना हुने भन्दै उनले अत्यावश्यकीय सार्वजनिक यातायात सेवालाई कुनै अवरोध नगरी वार्ता गर्न र त्यसमार्फत समस्याहरुको समाधन खोज्न अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array