बालाजु क्षेत्रमा यातायात मजदुरले सडकमै प्रहरीको गाडी जलाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
काठमाडौंको बालाजु क्षेत्रमा यातायात मजदुरले सडकमै प्रहरीको दुईवटा गाडी जलाएका छन् । मजदुरको आन्दोलन अहिले नियन्त्रणबाहिर पुगेको छ । सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ ।
त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड गरेका छन् । मजदुरहरुको भिड अहिले उत्तेजित बनेको छ ।
गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी बालाजुमा भएको प्रदर्शन नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

अहिले माछापोखरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई हटाएको छ । अवस्था सामान्य बन्दै गएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठले जानकारी दिए ।

यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

ल्होत्से मलमा तोडफोड र माछापोखरी स्थित प्रहरी बिटमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: